जिल्लामा संक्रमितको संख्या १ सय ८१ पुग्यो

|

रौतहट : शुक्रबार एकै दिन रौतहटमा ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ। 

थपिएकामध्ये जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार हिजो बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए। १ हजार ५ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। 

अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए।  अझै रौतहटको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जनालाई राखिएको छ। जसमा ३ सय ६ जना महिला छन्। भारतबाट दिन प्रतिदिन आउने क्रम  बढेपछि रौतहटमा कोरोना संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.