|

उदयपुर :  चौथो रमपम उदयपुर गोल्डकपमा मोरङले एघारले सशस्त्र प्रहरीको एपीएफ क्लब विरुद्ध टाइब्रेकरमा ३-१ को जीत निकालेको छ। निर्धारित समयमा दुबै टोली गोलरहित बराबरीमा रोकिएपछि टाइब्रेकरमा मोरङले जीत निकालेको हो।

मोरङबाट निरज बस्‍नेत, अनोस मगर र बुद्धिमान राईले गोल गरेका थिए। सशस्त्र प्रहरीबाट भीम श्रेष्ठले मात्रै गोल गरे। मोरङका गोलकिपरले सशस्त्रको एक प्रहारलाई जोगाए भने दुई प्रहार गोलपोस्टमा लागेर बाहिरियो। 

खेलको 'म्यान अफ द म्याच' मोरङका बुद्धिमान राई घोषित भए। प्रतियोगिताअन्तर्गत भोलीको खेल रुपन्देही ११ र झापाएफसीबीच हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.