संक्रमितको पुनः कोरोना परीक्षण गरिँदै

|

बैतडी : बैतडीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका ८ प्रहरीसहित सबै ९९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। 

पिसिआर रिपोर्ट नेगेटिभ आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी तथा प्रमुख जिल्ला अधिकारीसहित छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकसहित जिल्ला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, संक्रमितका आफन्त र संक्रमितसँगै थुनामा रहेकाहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको हो। 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

उनमा कोरोना पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङ गरी नजिकिएकाको स्वाब संकलन गरी पिसिआर जाँचिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक त्यसअघि भारतबाट फर्किएका थिए।

हिरासतमा रहेका ती युवकमा संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय पनि सिल गरिएको थियो। स्वाब संकलन गरी पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ। 

संक्रमितको पुनः परीक्षण गरिँदै

ती संक्रमितको पुनः पिसिआर परीक्षण गरिने भएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्। उको स्वाबको नमुना संकलन गरी धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख वसन्तराज जोशीले जानकारी दिए। 

सामान्यतया संक्रमण पुष्टि भएको कम्तीमा १ हप्तामा पिसिआर परीक्षण गरिन्छ। लगातार २ पटकसम्म पिसिआर रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गरिने बताइएको छ। 

गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनमा जेठ ९ गते कोरोना  पुष्टि भएको थियो। संक्रमित ती युवक चैत ६ गते भारतबाट आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.