|
दाङको बेलझुण्डीमा निको भएका संक्रमितहरु

काठमाडौं : नेपालमा कोरोना संक्रमणलाई जित्नेको संख्या २०६ पुगेको छ। शुक्रबारसम्म निको भएर घर फर्किनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

देवकोटका अनुसार निको हुनेहरुमा पुरुष १६२ जना र महिला ४४ जना रहेका छन्। पछिल्लो पटक १९ जना निको भएर घर फर्किएका छन्। 

शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट २ जना, पाटन अस्पतालबाट ७ जना, सशस्त्र प्रहरीको अस्पताल बलम्बुबाट २ जना निको भएर घर फर्किएका छन्। 
त्यसैगरी दाङको बेलझुण्डीस्थित कोरोनाा विशेष अस्पतालबा निको भएर ८ जना घर फर्किएका छन्। 

यता कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या पनि ६ पुगेको छ। पछिल्लो पटक ज्यान गुमाउनेमा अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन्। यसअघि सिन्धुपाल्चोक, गुल्मी, बाँकेसहितमा कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.