मोडालिटी र वार्ता मितिबारे अझै अन्योल

|
फाइल फोटो

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन्। 

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका हुन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो। 

भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने बताउँदै कूटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरे पनि अहिलेसम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताएका हुन्। 

उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए। उनले भने ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्‍न गरिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं।’ 

उनले मिचिएको भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताए। ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यी सबै कुराहरु गरेका हौं र वार्ता हामी गछौं', उनले भने,  'प्रतीक्षा गरिरहेका छौं, वार्ताको औपचारिक मितिको।’

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेकोसमेत बताए। उनले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको बताएका छन्। 

सरकारको कदममा शंका नगर्न पनि उनले सांसदहरुलाई आग्रह गरेका छन्। संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझै पनि तय हुन नसकेकोमा शंका गरेका छन्। उनीहरुले यसो हुँदा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.