|

दाङ : जिल्लामा थप ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। योसँगै जिल्लामा कोरोना पोजेटिभको संख्या २५ जना पुगेको छ। एक जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रबार पिसिआर विधिबाट परीक्षण गर्दा बंगलाचुली गाउँपालिकाका ४ जना र बबई गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो। 

उनीहरु बबई गाउँपालिका ६ हापुरेका ३० वर्षीय १ जना, बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय र  वडा नम्बर १ का २७, २८ र ३३ वर्षका व्यक्ति हुन्। बंगलाचुली भुलीडाँडा क्वारेन्टाइनमा बस्ने १ जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने ३ जना रहेका गाउँपालिकाले जनाएको छ। 

बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन बसेकाहरु पनि संक्रमित भएका हुन्। उनीहरु सबै भारतबाट आएका बुझिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.