|

कपिलवस्तु : जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। आज शुक्रबार एक पत्रकारसहित ५२ जना नयाँ कोरोना संक्रमित थप भएका छन्। 

पोजेटिभ पुष्टि भएका बुद्धभुमि नगरपालिका २ का वर्ष ३६ पुरुष, साेही नगरपालिकाका ८ का २४ वर्षीय एक पुरुष छन्। यसैगरी कृष्णनगर नगरपालिका १ का वर्ष २६,२७,२७,२७,३०,४८ का पुरुष ६ जना, वडा नम्बर २ का वर्ष १८,२३,४२ का पुरुष ३ जना, वडा ४ का वर्ष २३ का एक पुरुष गरी जम्मा ११ जना नयाँ संक्रमित फेला परेका हुन्। 

यस्तै यशोधरा गाउँपालिका ३ का वर्ष ३७ देखि ५२ सम्मका  ४ जना, वडा ४ का वर्ष ४५ का एक पुरुष, वडा ५ का वर्ष ७ का एक बालक, वडा ६ का ६ देखि ५० वर्षका २३ पुरुष र वडा न ७ का १५ देखि ५० वर्ष सम्मका ७ पुरुष गरी ३६ नयाँ काेराेना संक्रमितका साथै विजयनगर गाउँपालिका ७ का वर्ष २६,३६,५२ का ३ जना पुरुषमा पनि काेराेना संक्रमण भेटिएकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.