|

काठमाडाैं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकाे संविधान संशाेधन विधयेक संसद सचिवालयमा दर्ता हुन सकेन। 

संविधान संशाेधनकाे प्रस्ताव लिएर संसद सचिवालय पुगेका राजपा नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेका र यसबेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन्।

संविधान संशोधन गर्नुपर्ने माग उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको ठाकुरले बताएका छन्। 

विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भने, ‘अहिले देशको एक भाग जनताका आक्रोशित छन्। उसले आफ्नो अधिकारको माग गरेको छ, त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनुहुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्।’

नेता ठाकुरसँगै राजपाका केही नेता संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगे पनि समाजवादी पार्टीका नेताहरु भने सहभागी थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्वलगायत विषयमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ । 

सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रक्रिया बढाएपछि राजपाले आफ्ना माग पनि समेट्नुपर्ने बताएको छ । सोहीअनुसार नेताहरु संसद सचिवालय पुगे पनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएका थिए। त्यसपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.