|

संखुवासभा : पहाडी जिल्ला संखुवासभामा पनि दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। यही जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय र पाँचखपन नगरपालिका-१ का २२ वर्षीय पुरुष छन्। 

उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ। संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि धनकुटा, भोजपुर र खोटाङमा पनि संक्रमित भेटिइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.