|

जनकपुर : संघीय समाजवादी फोरम धनुषा जिल्ला दुई गुटमा विभाजन भएको छ। सस्ंथापन र असुन्तुष्ट पक्षले छुट्टा–छुट्टै जिल्ला अधिवेशन आयोजन गरेर नेतृत्व चयन गरेका छन्।

वर्तमान अध्यक्ष अशेष नारायण यादव पक्षधरहरुले ढल्केवगरमा आव्हान गरेको जिल्ला अधिवेसनमा असन्तुष्ट ज्ञानेन्द्र यादव पक्षधर नेता-कार्यकर्ता सहभागि भएनन्। ढल्केवगरमा भएको अधिवेशनमा विवाद देखिएपछि नयाँ जिल्ला नेतृत्व चयन हुन सकेको छैन।

यता ज्ञानेन्द्र यादवको नेतृत्वमा असन्तुष्ट पक्षधरहरुले ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेका छन्। उनीहरुले जनकपुरमा अधिवेशन आयोजना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.