तेस्रो बजेट पनि उस्तै, खतिवडासँग आश छैन

|

काठमाडौँ : सरकारले बिहिबार आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बजेट ल्याएको छ। विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेलामा ल्याएको बजेट पूर्णरुपमा सफल भएको बताइरहेका छन्। 

अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएका छन्। सरकारले बजेट सफल भएको जिकिर गरिरहँदा प्रतिपक्षी दलले बजेट पूर्ण रुपण असफल भएको तर्क गरिरहेका छन्। 

सरकारले ल्याएको बजेटको बिषयमा मधेश केन्द्रित प्रतिपक्षी दल तत्कालीन राष्टिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (हाल जनता  समाजवादी पार्टी एकतापछि) का सांसदहरुसँगको कुराकानीमा आधारितः

परम्परागत शैलीकै बजेट : महेन्द्रराय यादव

सरकारले ल्याएको बजेट परम्परागत शैलीबाट माथि उठ्न नसकेको तत्कालिन राजपाका सांसद महेन्द्र राय यादव बताउँछन्। ‘सरकारले ल्याएको बजेटमा केही नयाँपन छैन। अहिले र गत सालको बजेटलाई नियाल्दा केही फरकपन पाउन सक्ने अवस्था छैन’, उनले भने। 

‘कोरोना भाइरसको संकटसँग जध्नका लागि ल्याइएको बजेट पर्याप्त छैन। यो बजेटले राष्टिय अर्थतन्त्रले धान्न सक्दैन,’ उनले भने, ‘कोरोना भाइरसबाट रोजगारीका लागि बाहिर भएका हजारौँ युवा फर्किँर्दै छन्। ती युवा व्यवस्थापनका लागि केही योजना छैन।’

‘सरकारले बाहिरबाट आएका कामदार र युवाको क्षेत्रलाई महत्वपूर्ण स्थान दिनुपर्थ्यो। तर, त्यस्तो छैन’ उनले भने, ‘अहिलेको अवस्थामा सरकारले ल्याएको बजेट कृषि क्षेत्रमा प्रोत्साहन दिनुपर्ने हो। तर, सरकारले खेलाची गरेको जस्तो छ।’

चालु आर्थिक वर्षमा विकास खर्च गर्न नसकिरहेको बेला कोेरोना भाइरससँग जुध्नेतर्फ नलागेर विकास निर्माणमा बजेट ल्याएको उनको भनाई छ। 

कोरोनालाई प्राथामिकता छैन : मोहमम्द इतियाक राइन 

सरकारले विश्वभरी महामारीको रुप लिइरहेको कारोना भाइसरलाई बजेटले प्राथामिकता दिन सकेको तत्कालीन समाजवादी पार्टीका सांसद मोहमम्ह इतियाक राइन बताउँछन्। 

‘सरकारले नेपालमा पनि कोरोनाको संक्रमण दर बढेसँगै त्यही अनुसारको बजेट ल्याउनुपर्ने हो। तर, कोरोना तत्कालै हटिजाने खालको बजेट ल्याएको छ’, उनले भने। 

सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्ब छुट्याए पनि कोरोना भाइरसको लागि ६ अर्ब मात्रै छुट्याएको उनको भनाई छ। ‘अहिले कोरोनाका बिरामी बढिरहेका छन्। बिरामी बढेसँगै स्वास्थ्य सामाग्रीको अभाव छ’, उनले भने, ‘क्वारेन्टाइन र आइसोलेसनको अवस्था राम्रो छैन। जोखिम बढिरहेको छ। तर, त्यस क्षेत्रमा सरकार गम्भीर भएको देखिएन।’

सरकारले कोरोनाका संकटसँग जुध्न दीर्घकालीन योजना नल्यााएको आरोप उनले लगाए। ‘विदेशबाट लाखौंको संख्यामा युवाहरु आउँदैछन्। तिनीहरुको व्यवस्थापनमा जिम्मेवार भएको छैन,’ उनले भने, ‘कोरोनाको कारणले पछिल्लो समय मधेस क्षेत्रमा आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको छ।’

सरकारले युवा व्यवस्थापनका लागि कृषिमा जोड दिनुको सट्टा विद्युतीय गाडीको पछाडि दौडिएको बताए। ‘सरकार कसको के शर्तमा विद्युतीय गाडीको पछाडि कुदेको छ। त्यसमा शंका छ,’ उनले भने। 

कोरोनाले विश्वको अर्थतन्त्र धरापमा भएको हुनाले सरकारको ल्याएको बजेट पूर्ण असफल बन्‍ने दाबी गरे। ‘यस्तो संकटको अवस्थामा वैदेशिक ऋणको अपेक्षासहितको बजेट ल्याएको छ। त्यो पुरा हुँदैन,’ उनले थपे, ‘यो बजेटमा सरकार चुक्नेमा दुईमत छैन।’ 

बजेट कोल्टे फेर्दैनः रामबाबु यादव 

अर्थमन्त्री खतिवडाले ल्याएको तेस्रो बजेट पनि पहिलो र दोस्रो जस्तै भएको तत्कालीन समाजवादी पार्टीका सांसद रामबाबु यादव बताउँछन्। 

‘अर्थमन्त्रीज्युले अहिलेसम्म तेस्रो बजेट ल्याउनुभयो। तर, केही परिर्वतन हुने अपेक्षा गर्ने ठाउँ छैन,’ उनले भने, ‘हामीले भन्दा प्रतिपक्षको आवाज भनिन्छ। तर अहिले सरकारले ल्याएको बजेटले देशमा केही परिवर्तन आउँदैन।’

‘सरकारले ल्याएकोे बजेटले कोरोना भाइरस र कृषि क्षेत्रलाई प्राथामिकता दिनुपर्ने हो। तर, त्यस्तो भएको छैन,’ उनले भने, ‘लोक सेवाबाट कर्मचारी नियुक्ति नगर्ने भनिभएको छ। झार उखेल्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै बजेट बढाइएको छ। आफ्ना झोले कार्यकर्ता पाल्न लोकसेवालाई छल्ने गरी बजेट छुट्टाइएको छ।’

कोरोनाबाट बेरोजगार भएका व्यक्तिका लागि रोजगारीको बाटो खोज्न पहल नगरिएको दाबी गरे। ‘अहिले लाखौँ युवाहरु सिम लिएर स्वदेश फर्कने क्रममा छन्। ती युवालाई स्वदेशमै आत्मनिर्भर बन्ने अवसरको सदुपयोग गर्ने बजेट आएको छैन,’ उनले भने, ‘किसानको नाममा बजेटले बीउको लागि प्राथामिता दिएको रहेछ। तर, किसानले ३/४ हजारकोे बीउ किन्दा कसले बैंकमा फारम भर्न जान्छ। किसानलाई थप दुःख दिने काम मात्रै भयो।’

बजेटले देशलाई ऋणमा डुबाउने काम मात्रै गरेको उनले बताए। ‘आयात रोक्ने कुनै प्रयास छैन। निर्भरमै रमाउने बजेट ल्याइएको छ’, उनले भने, ‘अर्थमन्त्रीले हावा पिटाएर ल्याएको बजेट छ। त्यसैले बजेट सफल हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.