कारबाट बिरामीको सेवा गर्ने पुरुष पनि निको

|

काठमाडौं : जटिल सरुवा रोग कोरोनालाई पाँच दिनमै जितेर काठमडौंका दुई पुरुष डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बूढानीलकण्ठका दुईजना पुरुषले पाँचै दिनमा कोरोनालाई जितेर घर फर्किएका हुन्। 

उनीहरु दुवैजनामा जेठ १२ गते कोरोना पुष्टि भएको थियो। पाँचै दिनमा कोरोनाबाट मुक्त भएर घर फर्किनेमा बूढानीलकण्ठ–३ निवासी ३८ वर्षीय पुरुष रहेका छन्। 
त्यसैगरि टोखा नगरपालिका–६ का काठमाडौंका ४१ वर्षीय पुरुष पनि पाँचौ दिनमै कोरोनालाई जितेर घर फर्किएका छन्। 

निको भएका ४१ वर्षीय पुरुष टोखा नगरपालिका–६ मा किराना पसल चलाउँछन्। उनले महानगरीय प्रहरी प्रभाग टोखा नजिकै पसल चलाउँदै आएका थिए। उनीसँग सम्पर्कमा आएका अन्य नौजनालाई क्वारेन्टाइनमा राखिएको थियो। 

बूढानीलकण्ठका ३७ वर्षीय पुरुष समाजसेवी थिए। उनले देशमा चैत ११ देखि लकडाउन सुरु भएपछि आफ्नो निजी कारलाई एम्बुलेन्समा परिणत गरेर बिरामीलाई निस्शुल्क अस्पतालसम्म ल्याउने लाने गर्दै आएका थिए।  

बूढानीलकण्ठ नगरपालिकाका अनुसार उनले लकडाउन भएयता निरन्तर बिरामीलाई निःशुल्क आफ्नो कारमा राखेर अस्पतालसम्म पुर्‍याउने गरेका थिए। 
उनले लकडाउनको अवधिमा सबै खर्च आफैंले ब्यहोरेर २ हजारभन्दा धेरैको सेवा गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.