आजसम्म पीसीआर विधिमार्फत ६६ हजार ७ सय २९ वटा परीक्षण

|

काठमाडौंः नेपालमा कोरोना संक्रमणलाई जित्‍नेको संख्या २ सय १९ पुगेको छ। तीमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिलाहरु रहेका छन्।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो पटक १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना र टेकु अस्पतालबाट दुई जना कोरोना मुक्त भएर घर फर्किएका हुन्।

यस्तै, एक हजार एक सय ७६ जना सम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् भने, क्वारेन्टाइनमा बस्नेहरुको संख्या एक लाख १० हजार ७८ जना पुगेको छ।

आजसम्म पिसिआर विधिमार्फत ६६ हजार ७ सय २९ वटा परीक्षण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.