स्कुल-कलेज जुन ३० पछि मात्रै खोलिने

|

नयाँ दिल्ली : भारतमा जारी लकडाउन अब खुकुलो बनाइने भएको छ। भारत सरकारले देशलाई तीन चरणमा खुकुलो बनाउने भएको हो। केन्द्रीय गृह मन्त्रालयले यसका लागि शनिवार नयाँ निर्देशिका जारी गरेको छ।

यो निर्देशिका अनुसार जुन ८ पछि होटल, रेस्टुरेन्ट, सपिङ मल र धार्मिकस्थल खुल्नेछन्। तर यसमा निश्‍चित शर्त राखिएको छ। देशभरमा अब केबल 'कन्टेनमेन्ट जोन' मा ३० जुनसम्म लकडाउन रहनेछ। 

तर स्कुल कलेज खोल्ने निर्णय भने जुलाईमा लिइने भएको छ। अन्तरराष्ट्रिय उडान शुरू गर्न र सिनेमा हल जस्ता स्थान आममानिसलाई खोल्न अहिले कुनै निर्णय लिइएको छैन।

लकडाउन खुकुलो बनाउने रणनीतिसँगै स्वास्थ्य मन्त्रालयले खुला गरिने लागि एउटा निर्देशिका जारी गर्ने भएको छ। खुला गरिने स्थानमा सामाजिक दूरी कायम गरिरहन मन्त्रालयले एउटा नियम जारी गर्न लागेको हो। 

केन्द्रीय सरकारले स्कुल, कलेज, शिक्षण संस्था, तालिम र कोचिङ सेन्टर राज्य सरकारसँग सल्लाह लिएर मात्रै खुलाउने भएको छ। राज्य सरकारले अभिभावक र शिक्षण संस्थानसँग जोडिएका मानिसहरुसँग परामर्श गरेपछि मात्रै खोल्नेबारेमा निर्णय लिनेछ।

तर अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल, सिनेमा हल, जिम, स्वीमिङ्ग पुल, इन्टरटेनमेन्ट पार्क, थिएटर, बार, अडिटोरियम, एसेम्ब्ली हल र यस्तै अन्य स्थान तत्काल नखुल्ने भएका छन्। 

नयाँ नीति अनुसार पूरै देशमा राति ९ बजेदेखि बिहान ५ बजेको बीचमा रात्रि कर्फ्यू लगाइनेछ। यस क्रममा जरूरी सेवा छाडेर कुनै पनि किसिमको आवागमन रोकिनेछ। स्थानीय प्रशासनले आफ्नो अधिकार क्षेत्रमा सीआरपीसीको धारा १४४ अनुसार कानुन लागू गर्न सक्नेछ।

'कन्टेनमेन्ट जोन' मा लकडाउन ३० जुनसम्म कायमै हुनेछ। स्वास्थ्य मन्त्रालयको दिशा-निर्देशबारेमा जानकारी लिएपछि जिल्ला अधिकारीले कन्टेनमेन्ट जोन तय गर्नेछन्। 

भारतमा लकडाउन

पहिलो चरण : २५ मार्चदेखि १४ अप्रिल सम्म २१ दिन रह्यो। यस क्रममा केबल जरुरी सामानको दोकान खोल्ने अनुमति दिइएको थियो। 

दोस्रो चरण : १५ अप्रिलदेखि ३ मे सम्म १९ दिन जारी रह्यो। हटस्पट (रेड जोन) लाई छोडेर ओरेन्ज र ग्रीन जोनमा दोकान खोल्ने अनुमति दिइयो।

तेस्रो चरण : ४ मेदेखि १७ मेसम्म १२ दिन रह्यो। हटस्पट (रेड जोन) छोडेर ओरेन्ज र ग्रीन जोनमा दोकान खोल्ने अनुमति दिइयो। यसका अलावा, प्रवासी मजदुरका लागि रेल र बस चलाइयो। नयाँ दिल्लीबाट विशेष ट्रेन पनि चलाइयो। बन्दे भारत र समुद्र सेतु मिशनमार्फत अन्य देशमा फसेका नागरिक ल्याइयो।

चौथो चरण : १८ मेदेखि ३१ मेसम्म। यस चरणमा सरकारले राज्यलाई कोरोना संक्रमण अनुसार रेड, ‌ओरेन्ज र ग्रीन तय गर्ने छुट दिएको छ। बस चलाउने पनि अनुमति दिएको छ। सपिङ मलका अलावा सबै दोकान खोल्ने अनुमति पनि दिइयो। त्यसपछि अलग्गै घोषणा गरेर २५ मे देखि घरेलु पनि सुरु गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.