सुरक्षाकर्मी परिचालनबारे सुरक्षापरिषद्‍मा छलफल

|
बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षापरिषद्को बैठक

काठमाडौं : सरकारले लकडाउन जेठ ३२ सम्म थपेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि असार १६ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेसम्म आन्तरिक तथा बाह्य दुवै सेक्टरका उडान रोक्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको हो। अर्थ-सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन्। 

सीमा नाकाहरु पनि त्यही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरको छ। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १४ सय २० पुगेको छ। अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ। शनिबार एकैदिन २ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ।

शनिबार नै बसेको सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ। अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्‍ने विषयमा छलफल भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.