माउन्टेन फ्लाइटको ९ हजार ५ सय लाग्‍‍ने

|

  • अर्जुन आचार्य

विराटनगर : फागुन ११ गतेदेखि विराटनगरमा सुरु हुने विराट कृषि तथा औद्योगिक प्रदर्शनीमा (विराट एक्स्पो)लाई विगतको भन्दा फरक किसिमको बनाउन प्रयास भैरहेको आयोजकले जनाएको छ।

एक्स्पोमा विराटनगरबाट पहिलो पटक माउन्टेन फ्लाइट समेत गरिने जानकारी दिइएको छ। त्यस्तै हेली सिटीका लागि पनि सम्झौता भैसकेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए।

एक घन्टाको माउन्टेन फ्लाइटबाट पूर्वका हिमालहरू कंचनजंघा, मकालु तथा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको अवलोकन गर्न सकिने उपाध्यायले बताए। पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सञ्चालन गर्न लागिएको हो।

विराटनगर विमानस्थलबाट नजिकै अग्ला हिमशृंखला रहेकाले माउन्टेन फ्लाइट गर्दा ९ हजार ५ सय रुपैयाँ लाग्ने उपाध्यायले बताए। उनले काठमाडौंको तुलनामा यो रकम निकै सस्तो भएको बताए। माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सको विमान पक्का गरिएको र सम्झौताको अन्तिम तयारी भैरहेको उपाध्यायले बताए।

यस्तै हेली सिटीका लागि माउन्टेन एयरसँग सम्झौता भइसकेको छ। हेली सिटी कार्यक्रममा भने हेलिकप्टरबाट घुम्न चाहनेका लागि सेवा उपलब्ध हुनेछ। यो सेवा लिन चाहनेका लागि १० मिनेटसम्म हेलिकप्टरबाट सुनसरी र मोरङका विभिन्न स्थान अवलोकन गराइने छ।

के के स्टल राखिँदै छ?

विराट एक्स्पोमा राखिने २ सय ५४ स्टलको बुकिङ भइसकेको आयोजकले जनाएको छ। मेलामा सहभागी हुन बंगलादेश, भारत,चीनलगायत देशका व्यापारीसमेतले स्टल बुकिङ गराएका छन्। मेलामा बंगलादेशका १५, भारतका १० र चीनका ४ स्टल आउने निश्चित भइसकेको छ।

मेलाको आकर्षणको रुपमा चिडियाखाना देखि राउटे जाति तथा अष्ट्रिज, टर्की, उँट, चौंरीगाई लगायत हुने आयोजकको विश्वास छ। ‘अहिले पनि राउटे जातिको रहनसहन के रहेको छ, कस्तो ठाउँमा कसरी बस्छन् भन्ने विषय पनि मेलामा राखिन्छ,’ उपाध्यायले भन्नुभयो, ‘वास्तविक राउटे आउने कुरा पक्का भएको छ।’

मेलामा बेरोजगारहरूले रोजगारीको अवसर पनि पाउनेछन्। रोजगारीका लागि बेग्लै स्टल राखेर सुनसरी–मोरङका उद्योग प्रतिष्ठानबाट माग भएअनुसारका पदमा आवेदन गर्ने व्यवस्थासमेत गरिने जनाइएको छ। 

मेलामा कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपन्छी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिति मोरङ र विराटनगर उपमहानगरपालिका सह–आयोजक छन्। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी पत्रकार सम्मेलन दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.