|

स्पेन : डिफेन्डिङ च्याम्पियन बार्सीलोना स्पेनिस ला-लिगाको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा २२ खेल खेलेको बार्सीलोना ४८ अंकसहित शीर्ष स्थानमा छ। एल्भसलाई उसैको घरेलु मैदानमा ६-० को नमिठो हार चखाउँदै बार्सीलोना शीर्ष स्थानमा उक्लिएको हो।

मेन्डिजोर्रोजा रंगशालामा बार्सीलोनालाई लुइस सुआरेजले ३७ मिनेटमा सुरुवाती गोल गरेका थिए। ४० मिनेटमा नेइमारले गोल थपेपछि बार्सा पहिलो हाफमा २-० ले अघि रह्‍यो।

दोस्रो हाफमा बार्साले ९ मिनेटको अन्तरमा  थप ४ गोल थप्यो। लियोनल मेसीले ५९ औं मिनेटमा गोल गरेपछि ३-० ले अघि बढेको बार्सीलोना एलभसकै खेलाडीले गरेको आत्मघाती गोलपछि ४-० ले अघि रह्यो। एलेक्सिसले ६३  औं मिनेटमा आत्मघाति गोल गरेका थिए।

लगत्तै दुई मिनेटपछि इभान राकिटिकले बार्साबाट गोल गरे। त्यसको २ मिनेटपछि सुआरेजले अर्को गोल गरेका थिए।

लिगमा यस जीतसँगै बार्सीलोनाले २२ खेलबाट ४८ अंक जोड्यो। दोस्रो स्थानको रियल म्याड्रिडको ४६ अंक छ। तर रियलले अहिलेसम्म  १९ खेलमात्रै खेलेको छ। रियलले नेपाली समयअनुसार आइतबार बिहान १ बजेर ३० मिनेट जाँदा सुरु हुने खेलमा ओशासुनाको सामना गर्नेछ। यस खेल जित्न सके रियल लिगको शीर्ष स्थानमा फर्कनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.