|

काठमाडाैं : सांसद प्रेम सुवालले भारतले बनाएको सडक र बाँध भत्काउने बजेट सरकारले आगामी बजेटमा समावेश नगरेको भन्दै आपत्ति जनाए। आज आइतबार संसदमा बजेटमाथि छलफल गर्दैै उनले भारतले नेपाली भूमि मिचेर बनाएको सडक र बाँध भत्काउन बजेट आवश्यक रहेको बताएका हुन्। 

‘भारतले सीमा मिचेर सडक बनाएको छ बाँध बनाएको छ। हरेक वर्ष तराईका २८ जिल्ला डुबानमा पर्छ। त्यो बाँध र सडक भत्काउन बजेट खै?’ उनले भने । 
उनले काठमाडौं उपत्यकामा रहेको उद्योगहरू अन्य क्षेत्रमा स्थानान्तरण गर्ने विषयमा सरकारको ध्यानाकर्षण पनि गराए। ऋण र अनुदानको बजेटमा ल्याउने सरकारको नीति गलत भएको उनले दाबी गरे। 

‘ऋण अनुदानको भरमा बजेट ल्याउनु गलत हो। जिल्ला समन्वय समिति खारेज गरौँ। काम छैन,’ उनले भने । उनले एमसीसी खारेज गर्न पनि सरकारलाई आग्रह गरे।  त्यसतै अहिलेको बजेटमा काठमाडौं र केही शहरबाहेक अन्यत्रको क्षेत्र नसमेटिएको भन्दै आपत्ति जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.