|

कपिलवस्तु : जिल्लाको कोटियामाई एमएससी बाल विकास केन्द्रकी शिक्षिका भुवनेश्वरी न्यौपाने यस पटकको बजेट भाषणमा तलब बढ्छ कि भन्ने आशामा थिइन्। बजेट भाषण पूरा सुनिनन्, तर उनको आशा बजेटले सम्बोधन गरेन। 

‘अघिल्लो वर्ष पनि सबैले तलब बढ्छ भन्ने आशा देखाएका थिए,’ उनलेृ भनिन्। तर यस पटक भने उनी ढुक्क थिइन्। तर ११ वर्षअघि उचित ज्याला पाइन्छ कि भन्ने आशा आशामै बितेको छ। ‘पटक पटक जागिरबाट राजीनामा दिने मन लाग्थ्यो। अर्को पटकको बजेट भाषणमा तलब बढछ कि भन्ने आशा लाग्थ्यो फेरि, तर के सुन्थ्यो र सरकार ?’ उनी गुनासो पोख्छिन्। 

भन्छिन्, ‘यहाँ १५ वर्षभन्दा धेरै समयदेखि अध्यापन गराएका शिक्षिकाहरु हुनुहुन्छ। उहाँहरुको जीवन नै यसैमा बितिसक्यो। सवै मेरै जस्तै आशामा बसेका छन्। अब त आशा पनि मरिसक्यो। पढाउने कि नपढाउने दोधारमा छु,’ न्यौपानेले बताइन्। 

बाल विकास केन्द्रका शिक्षिकाहरुको तलब नवढ्दा देश भरिका केन्द्रमा सहयोगी कार्यकर्ता रुष्ट बनेका छन्। न्यून ज्यालामा कठिन काम गर्दै आइरहेका छन् उनीहरु। सन् २००४ वाट पाँच सय रुपैयाँ मासिक तलवमा काम गरेका शिक्षिकाको तलब अहलिे ६ हजार रुपैयाँ पुगेको छ। सन् २०१५ मा मासिक दुई हजार पाँचबाट बढेर ६ हजार तलब भएको थियो। 

नेपालमा बाल विकास केन्द्रको सुरुवात सन १९९७ देखि हो। सेभ द चिल्डे«नले सन १९९७ देखि समुदायमा आधारित बालविकास केन्द्रहरु संचालनमा ल्याएको थियो। सुरुवाती चरणमा सिरहा, गोरखा, नुवाकोट, कैलाली र कन्चनपुरमा १०÷१० केन्द्र नमुनाको रुपमा संचालन गरिएको थियो। 

स्थानीय महिलालाई सहजकर्ताहरुलाई १० दिनको तालिम दिएर गाउँमा बालविकास केन्द्र संचालन गरेको थियो। केन्द्र संचालन गर्ने सहजकर्ताहरुले मासिक रु ५०० पाउँथे भने केही सहजकर्तालाई समुदायले पारिश्रमिक थप गरिदिएका थिए।

बाल विकास शिक्षिका मेहनेती शिक्षिका हुन। उनीहरुले बालबालिकालाई सिकाउने सामग्री आफैं तयार गर्छन्। उनीहरुले ३ देखि ४ वर्षका बालबालिकाको आनीबानी सुधार्न सहयोग गर्छन्। 

बालबालिकाको स्याहार सुसार गर्ने, विद्यालय जानुपूर्व तयारी गराउने गर्दछन्। उनीहरुले सामाजिक विकास , शारीरिक विकास, मानसिक विकास र संवेगात्मक, भावनात्मक विकास, भाषिक विकास गराउने गर्छन्। 

राज्यले उनीहरुलाई न्यून ज्याला दिएको बारे विचार गर्नुपर्ने बेला आएको शिक्षा अभियन्ता अनिता शर्मा पौडेल बताउँछिन्। भविष्यका कर्णधार बाटो देखाउने शिक्षिकाले न्यून ज्यालामा काम गर्दा उनीहरुको आत्मबलमा समेत गिरावट आएको उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.