|

म्याग्दी : जिल्लाका कोरोना संक्रमितसँगै एउटै बसमा आएका २३ जनामध्ये ६ जना सम्पर्कविहीन भएका छन्।

जेठ ९ गते भैरहवाको नमुना माविको क्वारेन्टाइनमा बसेका उनीहरुलाई म्याग्दी यातायात प्रालिको बसमा ल्याइएको थियो। जसमध्ये ६ जना सम्पर्कविहीन भएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले आइतबार दिउँसो ३ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे बताएका हुन्। 

ना५ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाको निर्देशनालय गण्डकीले खोजी कार्य थालिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ। 

निर्देशनालयले बसमा आएका मध्ये पोखराका २ जना पुरानो बसपार्कमा, गोरखाका १ जना तनहुँको आबुंखैरेनीमा र  लमजुङका ३ जना यात्रु डुम्रेमा ओर्लिएका जनाउँदै उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.