सरकारी निकायलाई 'धनचेतना'ले बिगार्‍यो

|

जानु पाण्डे

कपिलवस्तु : वरिष्ठ जन स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले तरकारीबाट कोरोना सरेको प्रमाण नभएको बताएका छन्। उनले आफ्नो फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै संस्थागत निर्देशनबाट भ्रम सिर्जना भएको उल्लेख गरेका छन्। 

अर्घाखाँचीको तरकारीकाण्डप्रति ईंगित गर्दै उनले जनचेतना अभिवृद्धि गर्ने निकायमा धनचेतना मात्र भएका पात्र र प्रवृति कायम रहेसम्म यस्ता घटना आइरहने उल्लेख गरेका छन्।

तरकारी ल्याएका भाँडा र बोरालाई सामान्य तरिकाले संक्रमणरहित बनाउने, तरकारीलाई राम्रोसँग पखाल्ने र घाम र हावामा राखेपछि संक्रमणरहित हुने डा. पाण्डेले उल्लेख गरेका छन्। उनले उपभोक्तालाई सुरक्षित भएर पकाएर खाँदा डर मान्‍नुनपर्ने बताएका छन्।

आइतवाबार मात्रै कपिलवस्तुको बुद्धभूमि १० बाट अर्घाखाँची पुर्‍याइएको तरकारी कालोबजारी गर्नेहरुले फालेका थिए। सदरमुकामका सन्धिखर्कका तरकारी व्यापारी सहदेव भुसाल, रामहहरि घिमिरेले तरकारी फालेका हुन्। उनीहरुले महँगोमा तरकारी बिक्री गर्ने गरेका थिए। 

 सस्तो मूल्यमा टमाटर पाउन लागेपछि प्रशासनको मिलेमतोमा उनीहरुले तरकारी फालेका स्थानीयले आरोप लगाए। कोरोना संक्रमित जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीको सन्धिखर्कमा कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको थियो। 

जिल्लाको सन्धिखर्क नगरपालिका-१ मा लामो समयदेखि खाद्यान्न, तरकारी र फलफूल बिक्री गर्दै आइरहेको पुष्पा स्टोरका सन्चालक किशोर बानियाँले तरकारी लगेका थिए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको निर्देशनमा भएको उक्त कार्यप्रति किसानहरुले भने आपत्ति जनाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.