|

जनकपुरधाम : चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि 'सेल्फ क्वारेन्टाइन'मा बसेका सिरहाका एसपीको रिपोर्ट 'नेगेटिभ' आएको छ।

एसपी उमाप्रसाद चतुर्वेदीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। गत बुधवार उनको गाडी चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि एसपी चतुर्वेदीको स्वाब संकलन गरी काठमाडौं प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंको पनि पिसिआर रिपोर्ट निगेटिभ आएको बताइएको छ। कोरोना संक्रमित चालक र अंगरक्षक धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेशनमा उपचाररत छन्।

एसपीका चालक र अंगरक्षकसहित सिरहाको लहान नगरपालिकामा ८ जना, धनगढीमाई नगरपालिकामा २ जना, कल्याणपुर नगरपालिकामा १ जना , भगवानपुर गाउँपालिकामा ४ जना, बरियारपट्टी गाउँपालिकामा ४ जना कोरोना संक्रमित छन्। 

यस्तै लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १/१ जना संक्रमण पुष्टि भइसकेको छ। सिरहाको सबै संक्रमितको उपचार महेन्द्र गेनाइ अस्तपतालको आइसोलेसनमै भइरहेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.