|

इंग्लीश प्रिमियर लिगमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल र लिभरपूलले जित हात पारेका छन्। यी तीनै टोली आ-आफ्ना विपक्षीलाई २-० ले पराजित गर्न सफल भए।

यसक्रममा युनाईटेडले वाटफोर्ड, लिभरपूलले टोटनह्याम र आर्सनलले हल सिटीलाई पराजित गरेका हुन्। आर्सनलको जितमा दुवै गोल एलेक्सिस साञ्चेज तथा लिपरपूलको जितमा दुवै गोल सादियो मानेले गर्दा युनाइटेडका लागि माटा र मार्सियलले बललाई जाली चुमाए।

हारका बाबजुद् पनि टोटनह्याम (५०) अंक तालिकाको दोस्रो स्थानमा यथावत छ। समान अंकसहित आर्सनल तेस्रो र ४९ अंक जोडेको लिभरपूल चौँथो स्थानमा छन्। एक खेल कम खेलेको म्यान्चेस्टर सिटी (४९) पाँचौँ स्थानमा झरेको छ भने ४८ अंकसहित युनाईटेड छैटौँ स्थानमा कायम छ।

सिटीले अबको खेलमा सोमबार बर्निमाउथलाई पराजित गर्न सके ऊ दोस्रो स्थानमा उक्लिने छ। गएरातिको नतिजाले शीर्ष चारको दौड निकै रोमाञ्चक बनेको छ। लिगका शीर्ष चार टोलीले युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने भएकाले पनि शीर्ष चारका टिमहरुले निकै जोडबल गर्ने गर्छन्।

गएराति नै भएका अन्य खेलमा इभर्टन र मिडिल्सबर्ग (०-०) र वेस्टह्याम र वेस्टब्रोम (२-२) ले अंक बाँड्दा साउथम्पटनले सण्डरल्याण्डलाई ४-० र स्टोकले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेका छन्।

प्रतियोगितामा आइतबार लिग लिडर चेल्सी र बर्नली तथा स्वान्सी र लेइस्टर आमने-सामने हुँदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.