|
फाइल फोटो

काठमाडौं : नवगठित जनता समाजवादी पार्टी (जपसा) संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेको छ।

‘हाम्रा पहिलेदेखिकै मागलाई लिएर संविधान संशोधन विधेयक दर्ता गराउन लागेको हौँ', जसपाका नेता केशव झाले भने, 'सरकारले ल्याएको विधेयकमा हाम्रो कुनै विमत्ति छैन। तर सरकारको विधेयक र हाम्रो विधेयकसँगै प्याकेजमा पारित गराउनुपर्छ। त्यही भएर हामीले पनि छुट्टै दर्ता गराउन आएका हौं।’

जसपाले संविधान संशोधनको छुट्ठै प्रस्ताव दर्ता गर्न खोजिरहेको छ। सरकारले नेपालको नयाँ नक्सा पारित गरेपछि नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउन संविधान संशोधन प्रस्ताव संसदमा पेश गरिसकेको छ।

नागरिकता, प्रदेशको सीमांकन परिवर्तन लगायतका माग सम्बोधनका लागि संविधान संशोधन विधेयक लिएर यसअघि राजपाका नेताहरुमात्र संसद सचिवालय पुगेकोो थियो।

सरकारको विधेयकलाई लिएर जसपाभित्र फरक विचार र मतभेद देखिएको थियो। राजपाका नेताहरुले दर्ता गराउन खोजेको विधेयक यसअघि संसद सचिवालयले दर्ता नगरी फिर्ता पठाइदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.