|

डोल्पा : सिम्रिक एयरको हेलिकप्टरबाट सुकुटी बरामद भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। 

उक्त घटनामा जिप्रका डोल्पामा कार्यरत इन्सपेक्टर र हवल्दार मुछिएपछि प्रहरी निरीक्षक हस्तबहादुर सुनारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ। 

घटनामा ड्युटीमा खटिएका प्रहरीबाट केकसरी, कसको लापरवाहीले उल्लेखित सुकुटी दुनै आइपुग्यो, सो सामानको जिम्मेवार व्यक्तिबारे समितिले अनुसन्धान थाल्ने विज्ञप्तिमार्फत भनिएको छ। 

घटनाबारे आधिकारिक रुपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरिसकेकाले प्रहरी हरेक किसिमको सहयोग गर्न प्रतिबद्ध रहेको र मिडियाकर्मीलाई पनि सघाउन आग्रह गरिएको छ।

गत बिहीबार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने साल्दाङबाट यात्रु लिएर दुनै फर्किएको सिम्रिक एयरको हेलिकप्टर सेना र निकुञ्जका कर्मचारीद्वारा चेकजाँच गर्दा आधा केजी सुकुटी फेला परेको थियो।

सुकुटी बरामद प्रहरीको पनि नाम जोडिएकाले सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
‘त्यो दिन प्रहरी इन्सपेक्टर पनि हेलिकप्टरमा साल्दाङ गएका थिए, साल्दाङबाट हवल्दारले सुकुटी हाले भनेर पाइलटले आरोप लगाएका छन्, यस विषयमा हाम्रो तर्फबाट पनि अनुसन्धान सुरु गर्छौं,’ रञ्जितकारले भने।

‘घटनाको विषयमा विस्तृत छानबिन गर्ने अधिकार निकुञ्जलाई छ, अनुसन्धानलाई हामी पनि सघाउँछौँ,’ उनले भने। 

बरामद गरिएको सुकुटी संरक्षित वन्यजन्तुको जस्तो देखिए पनि ल्याब परीक्षणबाट आधिकारिक जानकारी आउने निकुञ्जले जनाएको छ। घटनाको विषयमा पाइलटको भिडियो बयान लिइसकेको र लिखित बयानका लागि बोलाइएको खण्डमा उपस्थित हुने गरी छाडिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.