|

काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण देखिएको छ। चार दिनअघि हेटौँडा अस्पतालबाट रिफर भएर आएकी एक जना ६१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।

डिमेन्सिया (बिर्सने रोग)का बिरामी उनमा संक्रमण पुष्टि भएपछि उपचारका लागि नर्भिकले पाटन अस्पतालको आइसोलेसनमा पठाएको छ।

नर्भिकले आफैं कोरोनाका बिरामीको उपचारका लागि आइसोलेसन बनाए पनि सरकारको नियमानुसार पाटन पठाइएको जनाएको छ। नर्भिकले आइसोलेसनका लागि स्पेशल टिम राखिएको जनाएको छ।

तर कोरोना संक्रमितका कारण अस्पताल नै सिल गर्नुपर्ने अवस्था भएकाले उनलाई पाटन पठाइएको जनाएको छ। पछिल्लो समय काठमाडौँका निजी अस्पतालमा कोरोना संक्रमण देखिन थालेको छ।

यसअघि ग्राण्डीमा एकजना र किस्ट अस्पतालमा दुईजनालाई कोरोना संक्रमण देखिएको छ। किस्टमा उपचाररत एकजना बिरामीको त ज्यानै गएको छ। निजी अस्पतालले  संक्रमितलाई सरकारले तोकेको अस्पतालमै पठाउनुपर्ने भन्दै रिफर गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.