|

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ। प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो । 

सामाजिक विकास मन्त्रालय सुर्खेतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कर्णालीका ३ जिल्लाका ३४ जनासहित सुदूरपश्चिमको एक जिल्लाका १ जना गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । 

थप संक्रमण पुष्टि भएका सुर्खेतको लेकवेशी नगरपालिका १ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष, ८ वर्षीया महिला छिन्। 

लेकवेशी २ का २४ वर्षीय पुरुष, सोही नगरपालिका ३ का ३६, ६१ वर्षीय पुरुष, लेकवेशी ५ का २५ वर्षीय पुरुष र पन्चपुरी नगरपालिका १० का २५ वर्षीय पुरुष, भेरीगंगा नगरपालिका ११ का ४ वर्षीय बालक र २५ र ६० वर्षीय महिला छिन्। 

दैलेखका थप कोरोना संक्रमित नारायण नगरपालिका १ का १७, १९ वर्षीय पुरुष, नारायण ३ का २७, ३०, ३१ वर्षीय पुरुष, नारायण ८ का १७, २३ वर्षीय पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का ४५ वर्षीय पुरुष, नौमुले गाउँपालिका २ का २८ वर्षीय पुरुष छन्।  

यस्तै सल्यानका कोरोना संक्रमित वनगाड कुपिन्डे नगरपालिका ३ का १७, १७, १९, १९ वर्षीय पुरुष, वनगाड ४ का २२, २४, २५ वर्षीय पुरुष, वनगाड ६ का २३, २४ वर्षीय पुरुष छन्।  

अछाम चौरपाटी गाउँपालिका २ का ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.