|

अर्घाखाँची : जिल्लामा क्‍वारेन्टाइनमा बस्नेको संख्या बढ्दै जान थालेको छ।  गएको २४ घण्टामा अर्घाखाँचीमा ३ सय ७० जना बाहिरबाट आएका छन्। 

जिल्लाका स्थानीय सरकारले निर्माण गरेका क्‍वारेन्टाइनमा  ४ हजार १ सय ६९ जना बसेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३ स्थानमा निर्माण गरेका क्‍वारेन्टाइनमा सोमबार दिउँसो ३ बजेसम्म ४ हजार १ सय ६९ जना व्यक्ति रहेका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।

जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ सय ६९ जना, शितगंगा नगरपालिकामा ९ सय ३० जना, भूमिकास्थान नगरमा १ हजार ८१ जना, छत्रदेव गाउँपालिकामा ३ सय ४९ जना, मालारानी गाउँपालिकामा ७ सय ६४ जना र पाणिनी गाँउपालिकामा ४ सय ८२ जना रहेका सहायक प्रजिअ खनालले बताए।

स्थानीय तहहरूले निरन्तर क्‍वारेन्टाइनको संख्या बढाएको र र त्यसमा बस्नेहरुको संख्या पनि बढिरहेको बताएका छन्। अधिकांश क्‍वारेन्टाइनमा भारतबाट आएका मानिस नै रहेका जनाइएको छ।

हालसम्म सन्धिखर्क नगरपालिकामा १७, शितगंगामा ५८, भूमिकास्थानमा ३८, छत्रदेवमा १८, मालारानीमा २९ र पाणिनीमा २३ गरी कुल १ सय ८३ स्थानमा क्‍वारेन्टाइन निर्माण गरिएको छ। 

यस्तै जिल्लाभर १ सय ८३ स्थानका क्‍वारेन्टाइनमा ४ हजार ३ सय ८९ वटा बेड छन्। सन्धिखर्कस्थित हटारीमा ४५ बेडको आइसोलेसनमा दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.