जोरपाटी र चितवनमा विरोध प्रदर्शन

|

काठमाडौँ : दुई महिनादेखि जारी लकडाउनले व्यावसाय चौपट भएपछि व्यापारीहरु सडकमा उत्रिन थालेका छन्। सरकारले लकडाउन मात्रै गरेर राहत प्याकेज नल्याएको भन्दै व्यापारीहरु सडकमा उत्रिका हुन्।

लकडाउनका कारण व्यापार चौपट भएको भन्दै काठमाडौंको जोरपाटीका व्यवसायीले मंगलबार सडकमा निस्किएर प्रदर्शन गरेका छन्। उनीहरुले पसल बन्द गराउन आइपुगेका प्रहरीको प्रतिकार गर्दै सडकमा उत्रिएर नाराबाजीसमेत गरे। 

त्यसक्रममा सडकमा उत्रिएका व्यापारीहरुलाई प्रहरीले लखेट्नु परेको थियो। पसल बन्द गर्न नमान्‍ने केही व्यापारीहरुलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले बताएका छन्। 

लगातार लकडाउन चलिरहँदा व्यापार बर्बाद भएको भन्दै जोरपाटीका व्यापारीहरुले मंगलबार पसल खोलेका थिए। पसल खोलेका व्यापारीलाई त्यसो नगर्न प्रहरीले आग्रह गरेको थियो। तर उनीहरुले नमानेपछि प्रहरीले बल प्रयोग गर्नु परेको हो। 

लकडलाउनका कारण व्यावसाय अस्तव्यस्त भएपछि जोरपाटीस्थित मोबाइल, जुत्ता र फेन्सी पसल खोलिएको थियो। उक्त कुरा थाहा पाएपछि बौद्ध बृत्तबाट प्रहरी पुगेको थियो। 

प्रहरीले पुगेर पसलहरु सबै बन्द गर्न भनेको थियो। प्रहरीले बल प्रयोग गरेपछि व्यापारीहरु प्रतिकारमा उत्रिएका हुन्। लकडाउनमा पनि घर भाडा र कर तिरिरहनुपरेपछि व्यावसायीहरु तनावमा छन्। उनीहरुले आम्दानी नभएको अवस्थामा घर  भाडा र कर दुवै छुट हुनुपर्ने बताएका थिए। 

व्यापारीहरुले सरकारले अढाई महिनासम्म लकडाउन मात्रै गरेर राहतका कुनै कार्यक्रम नल्याएको गुनासो गरेका थिए। सरकारले जेठ २५ सम्म कर नतिरे ब्याज र हर्जना लाग्ने सूचना निकालिसकेको छ। आन्तरिक राजश्‍व विभागको उक्त सूचनापछि व्यापारीहरु झनै भड्किएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.