दैलेख : कालिकोट नरहरिनाथ गाउँपालिका १ लालिघाट बजार नजिकै खाद्यान्न बोकेको जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक घाइते भएका छन्।
लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्याम ओलियाले बताए।
प्रहरी प्रमुख ओलियाका अनुसार दुर्घटनामा गाडी चालक ४० वर्षका छन्। घटनाको थप विवरण आउने क्रम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।