|

काठमाडौं : काठमाडौंमा कोभिड-१९ का बिरामीको उपचारका जुटेका स्वास्थ्यकर्मीलाई नै संक्रमण भएको छ। यसअघि कोभिड-१९ का संक्रमितहरुको उपचारमा संलग्‍न स्वास्थ्यकर्मीहरुलाई संक्रमण पुष्टि भएको हो। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार ब्रिफिङमा जानकारी दिएअनुसार काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एकजना चिकित्सक र दुई जना स्टाफ नर्स तथा  स्वयम्भूस्थित मनमोहन सामुदायिक अस्पतालकी एक नर्समा कोरोना संक्रमण देखिएको हो। यससँगै नेपालमा कोभिड-१९ संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ।

मनमोहन अस्पतालकी ती नर्स काठमाडौं बाहिरबाट आएर होम क्‍वारेन्टाइनमा रहेकी थिइन्। कुनै पनि लक्षण नदेखिएकी उनको अस्पताल जानुपूर्व पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.