|

काठमाडौं :  लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ।

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो।

स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरणसमेत गर्ने सूचनामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.