राजनीति

कर तिर्न सरकारले गरेको निर्देशन लोकहित विपरीत छ : अध्यक्ष राणा

जेठ २१, २०७७

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताएका छन्।

    असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन्।

    ‘७२ दिन यता देश बन्दाबन्दीमा छ। बन्द व्यापार, व्यवसाय ठप्प छ। कर भनेको आम्दानी या सुविधा बापतको हो। जब कि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भने, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ। अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ। असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]