|

डडेल्धुरा : कैलालीमा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुवा नै पक्राउ परेका छन्। चुरे गाउँपालिका ५ की १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो।

भासु जंगलमा हातखुट्टा बाँधेर छोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्‍वकर्माले जानकारी दिए। छोरीमाथि दुष्कर्म गरेर सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरिएको हो।

छोरीलाई घरमा पटक-पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेरसमेत बलात्कार गरेको उजुरी पीडित बालिकाले दिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिँदै आएको खुलेको छ। प्रहरी निरीक्षक विश्‍वकर्माका अनुसार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.