हत्या आशंकामा अनुसन्धान हुँदै

|

रौतहट : रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दाहसंस्कार लागि चितामा चढाउन लागिएको अवस्थाको शव बुधबार बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीको कमाण्डमा गएको टोलीले चन्द्रपुर नगरपालिका वाड नं. १० बालचनपुरबाट उक्त शव बरामद गरेको हो।

बुधबार बिहान करिब ७ बजे बाल्चनपुर टोल बस्ने मुकेश पण्डितकी श्रीमती सिमा कुमारीको शव बरामद गरेको थियो। 

शंकास्पद अवस्थामा मृत्यु भई शव अन्त्येष्टिका लागी खोलातर्फ लगेको सूचना प्राप्त भएपछि शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।

स्थानीय घागी खोलाको किनारमा चिता बनाई जलाउन राखेको शवको घाँटीमा निलडाम भेटिएको डिएसपी शाहीले जानकारी दिए। घटनास्थल लाश जाँच मुचुल्काको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि चन्द्रपुर अस्पताल पठाइएको उनले जानकारी दिए। 

मृतकका श्रीमान मुकेश कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ भने परिवारका अन्य सदस्य फरार रहेको डिएसपी शाहीले बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.