|

दैलेख : यहाँको गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको छ। यो दुर्घटनमा सहचालक घाइते भएका छन्। 

कन्चनपुरको गड्डा चौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक ल्यायर आएको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। बसका सहचालक घाइते भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए । 

बुधवार साँझ करिब पाँच बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनामा मुत्यू हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका-५ का ४० वर्षीय चालक कल्याणसिंह बोहरा रहेको प्रहरी प्रमुख वलीले बताए। 

घाइते हुनेमा सहचालक भीमदत्त नगरपालिका-५ का ३५ वर्षीय जयरा अवस्थी रहेका छन्। बस के कारणले दुर्घटनामा परेको खुलेको छैन। घाइते सहचालकलाई उपचारका लागि सुर्खेत लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.