|

काठमाडौं : सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले वरियताको पहिलो नम्बरमा आफू रहेको भन्दै आफू नियुक्त हुनुपर्ने दावी गरेका छन्।

प्रहरी नियमावलीको नियम ४१ अनुसार बढुवाका लागि चाहिने ६ वटा मापदण्डमा आफू अगाडि रहेको दावी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका अधिवक्ता भीमार्जुन आचार्यले जानकारी दिए। सरकारले आइतबार बिहान प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो।

हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल फागुन २ गते अवकाश पाउने भएपछि नयाँ महानिरीक्षक नियुक्ति गरिएको हो। सरकारले नियुक्त गर्दा पहिलो नम्बरका सिलवाललाई छाडेर तेश्रो नम्बरका चन्दलाई नियुक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.