|

  • रमेश पराजुली

सिन्धुपाल्चोक जिल्लाको विकासका लागि झण्डै सवा खर्ब रुपैयाँको पञ्चवर्षीय योजना सार्वजनिक भएको छ। पाँच वर्षभित्र सिन्धुपाल्चोक जिल्लाको विकासको गतिलाई तीव्रता दिन १ खर्ब १३ अर्ब ४१ करोड ८९ लाख ९८ हजार रकमको योजना योजना तयार स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए। शाहीकाअनुसार ६२ प्रतिशत सरकार, ३० साझेदार संस्था र ८ प्रतिशत स्थानीय स्रोतबाट रकम जुटाइने छ।

२०७३ देखि ०७८ सालसम्मको पञ्चवर्षीय योजनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याउने नीति छ। कृषि क्षेत्रमा पाँच वर्षभित्र २ अर्ब २३ करोड २४ लाख ८० हजार खर्च गर्ने लक्ष्य बनाइएको छ।

पाँच शीर्षक राखेर विभिन्न योजनामा खर्च गर्ने नीतिगत योजनामा उल्लेख छ। आर्थिक विकास समितिअन्तर्गत कृषि, पशु, पर्यटन, घरेलु तथा साना उद्योग, सहकारी, बैंक, पुनस्र्थापना तथा पुनर्लाभ शीर्षकमा सात अर्ब ९९ करोड ७२ लाख सात हजारको योजना तर्जुमा गरिएको छ। 

सामाजिक विकास समिति अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका तथा लक्षित वर्ग, स्वास्थ्य, आयुर्वेद, पुनस्र्थापना तथा पुनर्लाभ र खानेपानी तथा सरसफाइमा ३० अर्ब २३ करोड २३ लाख ७५ हजार अनुमानित रकम राखिएको छ।

त्यस्तै भौतिक पूर्वाधार विकास समितिअन्तर्गत सात शीर्षकमा ३५ अर्ब ३७ करोड ३४ लाख ४४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका आठ विभिन्न क्षेत्रमा पाँच अर्ब ९८ करोड ८० लाख १२ हजार अनुमानित बजेट राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.