|

काठमाडौं : कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज विहान थप १२ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या चार सय १४ पुगेको छ। 

आज थपिएकामा  वाडगंगा  नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर २ का एक बालिका, एक महिला र एक पुरुष, वडा नम्बर ४ का एक पुरुष र वडा नम्बर ७ का एक पुरुष गरी ६ जना रहेका छन्। 

त्यस्तै  यशोधरा गाउँपालिका वडा नम्बर ७ का  ६ जना पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.