|

सुर्खेत :  सुर्खेतमा क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवाको मृत्यु भएको छ। 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जनतामाविविद्यापुरको क्वारेन्टाईनमा बसेर घर फर्किएका एक युवाको बिहीवार मृत्यु भएको हो। उनी यही जेठ ७ गते भारतबाट आएका थिए। उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो। उनको आरडिटी परिक्षणमा रिर्पोट नेगेटिभ देखीएको थियो।

पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका करिब २० वर्षीय युवाको  मृत्यु वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिए।  ‘१४ दिनक्वारेन्टाइनमा बसेर हिजो मात्रै घर नजिकैको सामुदायीक मौरी फर्मको होम क्वारेन्टाइनमा बसालेका थियौँ।’ वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, कुनै स्वास्थ्य समस्या थिएन, तर राति एक्कासी मृत्यु भएछ।’ 

मृतकसँगै रहेका क्वारेन्टिनमा बसेका साथीहरुको भनाइ अनुसार एक्कासी स्वास फर्कन गाह्रो भएको केही घण्टामै उनको मृत्यु भएको थियो।  ‘५ जना साथीहरु एउटै क्वारेन्टाइनमा बसेका थिए, खाना खाएर सुतेको २ घण्टापछि एक्कासी स्वाव फेर्न गाह्रो भयो भनेछन्।’ क्वारेन्टाइनमा बसेका साथीहरुको भनाइ उदृतगर्दै वडाध्यक्ष थापाले भने। स्वास फेर्न गाह्रो भयो भने पछि पविारलाई खबर गरिएको थियो।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाईदै छ। मृतक बसेको कोठामा रहेका अरु पाँचजनाको पनि कोरोना आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। त्यसपछि बुधबार अपरान्ह करिब ३ बजेतिर उनलाई घर पठाइएको थियो। उनले प्रेसर सम्बन्धी औषधि खाने गरेकाे थापाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.