|

काठमाडौं : विराटनगरको काेसी अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज हुने भएका छन्।

दिउँसो २ बजे कोरोना संक्रमणबाट निको भएकोलाई डिस्चार्ज गर्न लागिएको हो। कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २७  जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज घर जाँदै छन्। 

काेसी अस्पतालका मेडिसिन विभाग प्रमुख दीपक सिग्देलका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ स्वास्थ्यकर्मी  र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदै छन्।

काेसी अस्पतालमा विराटनगरमा हाल ४४ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन्। झापाका ६ जना संक्रमितलाई उपचारको लागि भर्ना गर्न लागिएको  सिग्देलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.