|

काठमाण्डौं : गाउँघरमा सुनिने लोककथामा आधारित नाटक 'एक बोली एक दाम'  बिहीबारदेखि अनामनगरस्थित मण्डला नाचघरमा मञ्चन हुने भएको छ।

पूर्वी नेपालमा प्रख्यात दन्त्यकथाहरुलाई सिजन दाहालले नाटकको रुप दिएका हुन् भने यसको निर्देशन प्रवीण खतिवडाले गर्दैछन्। नाटकलाई 'ङ' समूहले मञ्चन गर्दैछ।

दन्त्य कथामा जस्तै नाटकको परिवेश पनि पुरानै शैलीको तयार पारिएको छ। प्रवीणले पुरानै समयको झल्को मञ्चमा देखाउने प्रयास गरेको बताए। उनले भने, 'नाटक मञ्चन गर्नका लागि हाम्रै वरीपरी देखिएका सुनिएका साना साना परिवेशहरुलाई जोड दिन खोजेको छु।'

नाटकमार्फत मान्छेले सुनेको र देखेको परिवेश अनुसार धारणा बनाउँछ र योजना बुन्न थाल्छ तर मान्छेको जीवनमा सोच्दै नसोचेका परिस्थिति आइलाग्छन् भन्ने कुरा देखाउन खोजिएको प्रवीणले बताए। उनले भने, 'मान्छेको जीवन विसंगत छ, तर हामी जबर्जस्ती संगत बनाउन खोजिरहेका छौं। आजको समयलाई विश्वास गर्नु जरुरी छ भन्ने कुरा नाटकले देखाउन खोजेको छ।'

ठट्यौली शैलीमा प्रस्तुत गर्न तयार पारिएको नाटकमा जीवन भट्टराई, सुदाम सिके, शक्ति राई र संगीत सापकोटाको अभिनय रहेको छ। नाटकमा रोशन थापा (आधा सुर) र दिपक श्रेष्ठको प्रत्यक्ष संगीत रहनेछ। नाटकलाई गोविन्द पराजुलीले निर्माण गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.