|

धनुषा : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली र हालै राज्यविप्लव मुद्दामा पक्राउ परेका सीके राउत एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन्।

संयोजक भट्टराईले मधेसमा देखिएको समस्या सम्बोधन नभएकै कारण सीके राउत प्रवत्ति हावी भएको र त्यस्तो प्रवृत्तिलाई एमाले अध्यक्ष ओलीले मलजल गरिरहेको आरोप समेत लगाए।

'एकल जातीय अहंकारवादको आधारमा विभेद गर्दा मधेसी, थारु र आदिवासी जनजाति  समुदायमा ठूलो असन्तुष्टी हुन पुगेको छ। त्यसैको परणामस्वरुप सीके राउत प्रवृत्ति आइरहेको छ। त्यसलाई बल पुर्‍याउने काम खस, आर्य, पहाडे अहंकारवादले गरेको छ। त्यसको नेतृत्व लिन केपी ओली र अन्य बीच प्रतिस्पर्धा चलिरहेको छ। त्यसकै अर्को पाटो सीके राउत हो भन्ने म ठान्छु' उनले भने ' केपी ओली र सीके राउत एउटै सिक्काको अलग अलग पाटाहरु हुन्। तर हाम्रो देश अखण्ड नेपाल हो। देशलाई टुक्र्याउने कुरा हामी कसैले गर्नु हुँदैन।'  

आइतबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेसको माग सम्बोधन नगरी मुलुक निर्वाचनमा गए गम्भीर संकटमा फस्ने चेतावनी पनि दिए। उनले मुलुकलाई एकतावद्ध बनाएर लैजान पनि मधेसको माग सम्बोधन गर्नुको विकल्प नरहेको जिकिर गरे।

संयोजक भट्टराईले संघीयता कार्यान्वयनमा चुनौती थपिएकाले समस्या समाधानका लागि आफ्नो पार्टीले सहजीकरणको भूमिका निर्वाह गरिरहेको दावी समेत गरे। मधेसको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जान सरकारलाई आफनो पार्टीले सुझाव दिँदै आएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.