|

काठमाडौं : तनहुँमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।  यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.