|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा आफूले दबाब नदिएको बताएका छन्।

प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उनले त्यसमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका हुन्।

देउवाले महानिरीक्षकमा तेश्रो वरियताका जयबहादुर चन्दलाई नियुक्त गर्न दबाब दिएको सार्वजनिक भएपछि उनले खण्डन गरेका हुन्। “कानुनअनुसार मन्त्रिपरिषदमा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट सहयोगी केशवराज जोशीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। 

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.