|
फाइल फोटो

काठमाडौं : निसर्ग नामक चक्रवातको असरका कारण विहानैदेखि देशभरको मौसम बदली भई पानी परिरहेको छ। 

सवैभन्दा धेरै मध्य र पुर्वी भेगमा पानी परेको छ। पश्चिम क्षेत्रमा प्रभाव पारेको चक्रवातको असर मध्य र पुर्वी भेगमा सरेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

यी भेगहरुमा विहानैदेखि पानी परेको छ। महाशाखाका मौसमबीद् समिर श्रेष्ठले आज मध्य र पुर्वी क्षेत्रमा दिनभर हावाहुरी,मेघ गर्जन र चट्याङ सहित पानी पर्ने बताए। 

महाशाखाकाअनुसार केहि दिनअघि नेपाल प्रवेश गरेको चक्रवातको सवैभन्दा धेरै असर आज देखिने छ। चक्रवातको असर भोलि बेलुकादेखि कम हुँदै जाने महाशाखाले अनुमान गरेको छ। 

देशका सम्पूर्ण हिमाली भेगमा गएराती देखिनै हल्कादेखि मध्यम खालको हिमपात भएको मौसमबीद् श्रेष्ठले बताए। उनकाअनुसार आज काठमाडौं उपत्यकामा पनि दिनभर पानी पर्नेछ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ दशमलव २ मिलीमिटर वर्षा मापन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.