|

काठमाडौं : रुकुममा ६ जना युवाको ज्यान जाने गरी भएको हत्याकाण्ड छानविनका लागि संसदीय समिति बन्‍ने भएको छ। संघीय संसदले रुकुम पश्‍चिमको चौरजाहरीस्थित सोतीमा भएको घटनाको छानविन गर्न समिति बनाउने भएको हो।

आजको संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुख अग्‍निप्रसाद सापकोटाले रुलिङ गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेर संसदीय छानविन गर्ने बताएका हुन्। 

कांग्रेसकी समेतक पुष्पा भुषाले रुकुमको घटना छानविन गर्न तत्कालै संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद चल्न नदिने बताएकी थिइन्। सभामुखले नियमवाली २०७५ बमोजिम संसदीय समिति गठन गरिने बताएपछि प्रतिनिधिसभा बैठक जारी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.