|

काठमाडौं :  राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यस तर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन्। 

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भोकमरीले मरेका युवाका परिवारसँग मेयर वसन्त कुमारले बार्गेनिङ गरेको आरोप लगाए। 

गरिबीका कारण भोकै ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिका-५, पथरी रामपुरका मलर सदाका परिवारसँग त्यहाँका मेयरले बार्गेनिङ गरेको आरोप देवले लगाए। 

'भोकमरीका कारण जनताको मृत्यु हुँदा स्थानीय जनप्रतिनिधि (मेयर) ले पीडितको बयानसँग राहतलाई बार्गेनिङ गरेका छन्', उनले भने 'आर्थिक संकट र भाकै मर्नुपर्ने स्थितिलाई सरकारले गम्भीरताका साथ लिन जरुरी छ।'

उनले फरक प्रसंगमा युरोपका देशका सरकारहरु सबै दललाई समेटर कोरोनाविरुद्ध लडेको बताउँदै नेपाल सरकारले  दम्भ देखाएर सर्वपक्षीय संयन्त्र नबनाई एक्ले हिँडेको टिप्पणी गरे। 

सरकार र सत्तापक्षले पछिल्लो समय कोरोनाले निम्त्याएको स्वास्थ्य क्षेत्रको महामारीसँगै आर्थिक क्षेत्रमा परेको समस्यालाई आत्मसाथ गरेको देखिएपनि अझै पनि सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको उनले बताए।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले नेपालमा अझै पनि कोरोना संक्रमण उच्च बिन्दुमा नपुगेको र उच्च विन्दुमा पुगेमा झण्डै २० हजारको हाराहारीमा संक्रमित पुग्ने र झण्डै ५ सय जनाको ज्यान जाने प्रक्षेपण गरिएको सन्दर्भ उल्लेख गर्दै आइसोलेन बेड बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

'प्रि-कोभिड १९ को प्रि-तयारी हुनुपर्थ्यो। न राजनीतिक तयारी हुन सक्यो। न मानसिक तयारी हुन सक्यो। न लजिस्टिक तयारी हुन सक्यो', उनले भने, 'त्यसकारण यसमा हामी चुकेकै हो। सरकारले यसलाई मान्‍नै पर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.