|

जनकपुरधाम : प्रदेश २ मा आज फेरि २२ जना काेराेना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या ९ सय ८३ पुगेको हो।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङ्गका क्रममा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित भेटिएको बताए। उनका अनुसार धनुषामा चार, महोत्तरीमा ९, रौतहटमा ६ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये एक महिला र तीन ९ वर्षीय बालक समेत रहेका छन्। सबै संक्रमित भारतको विभिन्न शहरबाट फरक फरक मितिमा आएकाहरु छन् । उनीहरुलाई उपचारका लागि सम्बन्धित जिल्लाको आइसोलेशन वार्डमा लगिने सचिव घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.