|

काठमाडौं : नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्किएका बेला एक पत्रकारले गत ६ महिनामा नयाँ सदस्यता प्राप्त गर्ने पत्रकारको विवरण माग गर्दै महासंघमा निवेदन दिएका छन्।

पत्रकार रामप्रसाद दाहालले फागुन १ गते महासंघमा दर्ता गरेको निवेदनमा नयाँ सदस्यता प्राप्त गर्ने पत्रकारको विवरणसँगै ६ महिनामा सदस्यता स्थानान्तरण गर्ने पत्रकारको विवरण पनि मागिएको छ। दाहालले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ र दफा ७ (१) बमोजिम महासंघसँग सूचना मागेका छन्।

दाहालले निवेदनमा उल्लेख गरेका छन्- 'महासंघको जिल्ला तथा शाखा अधिवेशनहरु तोकिसकिएको सन्दर्भमा यी सूचना र प्रमाणहरु उपलब्ध गराएर मात्र अधिवेशनहरु थालनी गर्ने गरी सूचना पाउँ।'

यी हुन् माग भएका सूचना

१. नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्राप्ति र पुराना सदस्यको स्थानान्तरण गर्ने सम्बन्धि महासंघको विधानमा के व्यवस्था छ?

२.पछिल्लो ६ महिनामा कति जनाले नयाँ सदस्यता प्राप्त गरे र तिनलाई सदस्यता दिने क्रममा विधान बमोजिम अपनाइएका विधि, प्रकृया  र सदस्यता प्राप्त गरेकाहरुले पेश गरेका सम्पूर्ण विवरण। 

३. एक शाखा या प्रतिष्ठानबाट अर्को शाखा या प्रतिष्ठानमा पछिल्लो ६ महिनाले के कति जनाले सदस्यता स्थानान्तरण गरे? स्थानान्तरण माग गरेको मिति खुल्ने निवेदन र स्वीकृत गरिएको मिति खुल्ने विवरणहरु। निजहरुले सदस्यता नविकरण गरेको प्रमाण समेत।

४. यदि विधान बमोजिम सदस्यता नदिइएको र स्थानान्तरण नभएको पाइए सदस्यता खारेजी र स्थानान्तरण अमान्य हुन्छ या हुँदैन? हुने विधि के हो?

के हो महासंघमा सदस्यता विवाद? पढ्नुस्ः पत्रकार महासंघले लुकायो नयाँ सदस्यको नाम, ३ हजार सदस्यबारे केन्द्रीय सदस्य नै बेखबर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.